नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलानामा मंगलबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी प्रतितोला एक हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *