धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा मृत अवस्थामा फेला, अनुसन्धान जारी

धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा मृत अवस्थामा फेला, अनुसन्धान जारी

काठमाडौं : धनगढीको नोभा हस्पिटलमा एक बिरामी कुरुवा बुधबार राति मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन्।

राति २ बजेतिर शौचालय गएका राना धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका थिए।

राना १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका थिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *