Miss and Mrs Royal Global Queen Nepal 2025: नेपाली मोडलिङ क्षेत्रमा नयाँ अवसर

Miss and Mrs Royal Global Queen Nepal 2025: नेपाली मोडलिङ क्षेत्रमा नयाँ अवसर

साह स्टुडियो एन्ड कम्पनीले २०२५ मा आयोजना गर्न लागेको Miss and Mrs Royal Global Queen Nepal प्रतियोगिता नेपाली मोडलिङ क्षेत्रमा नयाँ उचाइ दिनका लागि एक महत्त्वपूर्ण अवसरको रूपमा आएको छ।

विगत ८ वर्षदेखि मोडल उत्पादनमा योगदान दिंदै आएको यो प्रतिष्ठित संस्थाले १ हजारभन्दा बढी व्यावसायिक मोडल उत्पादन गरेको अनुभवका साथ प्रतियोगिताको पहिलो संस्करणको घोषणा गरेको हो।

प्रतियोगितामा महिलाहरूका लागि न्यूनतम ५ फिट २ इन्च उचाइको मापदण्ड राखिएको छ, जसमा १८ देखि ४८ वर्ष उमेर समूहका विवाहित र अविवाहित दुवै महिलाहरूलाई सहभागिताको अवसर दिइनेछ। प्रतियोगिताका लागि आवेदन प्रक्रिया अत्यन्त सरल राखिएको छ, जहाँ इच्छुक व्यक्तिहरूले एभेन्टज एप मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्।

प्रतियोगिताको प्रारम्भिक चरणमा अडिसन लिइनेछ, जसको मिति छिट्टै घोषणा गरिने बताइएको छ। अडिसनबाट छनोट गरिएका प्रतियोगीलाई १ महिने विशेष प्रशिक्षण प्रदान गरिनेछ, जसमा व्यक्तित्व विकास, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, र एक्सप्रेसनजस्ता सीपलाई प्राविधिक रूपमा विकसित गरिनेछ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथसाथै मलेसिया र मुम्बईमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसले प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउने बाटो खोल्नेछ। साह स्टुडियो एन्ड कम्पनीले आफ्नो अनुभव र ज्ञान प्रयोग गरी प्रतियोगितालाई उत्कृष्ट बनाउने मात्र होइन, नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा उजागर गर्न र यस क्षेत्रलाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन योगदान दिने योजना बनाएको छ।

कार्यकारी निर्देशक मोनु साहले प्रतियोगिताले नेपाली युवायुवतीहरूलाई व्यावसायिक अवसर प्रदान गर्दै देशभित्रै उचित प्लेटफर्म सिर्जना गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि योग्य बनाउने लक्ष्य राखेको बताएका छन्। यो प्रतियोगिताले नेपाली मोडलिङ उद्योगमा नयाँ आयाम थप्दै युवा पुस्ताको आत्मविश्वास र प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *