काठमाडौं: बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले माघ ९ देखि १३ गतेसम्म ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर बीवाईडीको ब्रान्ड न्यू इलेक्ट्रिक भेहिकल (EV) पाउनेछन्।
कार्यक्रममा ग्राहकले उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज तथा निःशुल्क चार्जर जडानको सुविधा प्राप्त गर्नेछन्।
एक्सचेन्ज फेस्ट काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणगढमा सञ्चालन हुनेछ। ग्राहकले बीवाईडीका एट्टो ३, डल्फिन, र एम६ जस्ता लोकप्रिय मोडेलमा एक्सचेन्ज गर्न सक्नेछन्।
