सरकारी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो, चालु आर्थिक वर्षमा १ खर्ब थपियो

सरकारी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो, चालु आर्थिक वर्षमा १ खर्ब थपियो

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षासम्म नेपाल सरकारको कुल सरकारी ऋण २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब तीन करोड ऋण थपिएको छ।

समीक्षाका आधारमा कुल सार्वजनिक ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.४६ प्रतिशत रहेको छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.३१ प्रतिशत अर्थात् १३ खर्ब एक अर्ब ४१ करोड रहेको छ, जुन जीडीपीको २२.८१ प्रतिशत हो। आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड छ, जुन जीडीपीको २१.६४ प्रतिशत हो।

चालु आर्थिक वर्षमा सरकारले कुल पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेको छ। तर, पुस मसान्तसम्ममा दुई खर्ब ४० अर्ब आठ करोड मात्र ऋण प्राप्ति भएको छ, जसले वार्षिक लक्ष्यको ४३.८९ प्रतिशत पूरा गरेको छ।

त्यस्तै, आन्तरिक ऋणका लागि तीन खर्ब ३० अर्ब उठाउने लक्ष्य रहेकामा पुस मसान्तसम्ममा एक खर्ब ८१ अर्ब पाँच करोड (५४.८६ प्रतिशत) उठाइएको छ। वैदेशिक ऋणको वार्षिक लक्ष्य दुई खर्ब १७ अर्बमध्ये ५९ अर्ब तीन करोड (२७.२० प्रतिशत) प्राप्त भएको छ।

सरकारले चालु वर्षका लागि चार खर्ब दुई अर्ब ८५ करोड साँवा ब्याज तिर्न बजेट छुट्याएको थियो। तर, पुस मसान्तसम्ममा एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ, जुन वार्षिक लक्ष्यको ४५.२८ प्रतिशत हो।

यो पनि …..

एक वर्षमा एक खर्बभन्दा बढी ऋण थपिएसँगै सरकारी ऋण नाघ्यो २४ खर्ब ३४ अर्ब रुपैयाँ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *