सरकारी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो, चालु आर्थिक वर्षमा १ खर्ब थपियो
चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल सरकारको कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ। पछिल्लो छ महिनामा एक खर्ब दुई अर्ब थपिएको ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशत पुगेको छ।


