स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन

काठमाडौं । पश्चिम नेपालमा हालै गरिएको एक अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन को कार्य पर्याप्त रूपमा संस्थागत हुन नसकेको देखाएको छ।

सिंहदरबारस्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले स्रोत, साधन, र दक्ष जनशक्तिमा कमी रहेको औँल्याउँदै स्थानीय तहलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता देखाएको छ।

प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्दै भने, ‘स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको र केही पालिकामा मापदण्डभन्दा निकै तल रहेको पाइएको छ।’

ठूलो विपदको अवस्थामा पालिकाहरूले प्रभावकारी प्रतिक्रिया दिन नसक्ने स्थिति रहेको र व्यवस्थापन कोषको रकम प्रशासनिक खर्चमा बढी खर्च हुने गरेको पाइएको उनले जानकारी दिए।

भूकम्पको पूर्वतयारी, प्रतिकार्य, र सिकाइमा केन्द्रित अध्ययन सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, र जाजरकोटका २८ पालिकामा गरिएको थियो।

कानुनले स्थानीय तहलाई विपदको पहिलो र प्रमुख प्रतिक्रिया दिने निकायका रूपमा परिभाषित गरे पनि ती तहहरू कमजोर हुँदा क्षति नियन्त्रणमा चुनौती थपिएको निष्कर्ष प्रतिवेदनले औँल्याएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *