काठमाडौं : नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई विपद व्यवस्थापन प्रतिकार्य सम्बन्धी अभ्यास गराएको छ। मनसुन सुरुवातसँगै विपदबाट जोगिन सचेतनासहित अभ्यास गराइएको थियो। विद्यालयसँग समन्वय गरी बिहान ११ बजेबाट सुरु भएको यो अभ्यास कार्यक्रम करिब ३०० जनाको उपस्थितिमा सम्पन्न भयो।
सर्पदंश सम्बन्धी जानकारी
विपद व्यवस्थापन प्रतिकार्य अभ्याससँगै विद्यार्थीहरुलाई सर्पदंश सम्बन्धी कक्षाहरु दिइएको थियो। नेपाली सेनाले दिउँसो ३.३० बजेसम्म सर्पदंशसम्बन्धी विभिन्न जानकारी र डेमोस्ट्रेसन प्रस्तुत गर्यो। यसक्रममा विद्यार्थीहरुले सर्पदंशको खतराबाट बच्न र बचावका उपायहरुबारे महत्वपूर्ण जानकारी पाए।
शिक्षक, स्काउट र विद्यार्थीहरुको सहभागिता
यस कार्यक्रममा शिक्षक, स्काउट तथा विद्यार्थीहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो। उक्त अभ्यास कार्यक्रमले विद्यार्थीहरुलाई विपदको समयमा सुरक्षित रहन र सर्पदंशको घटनामा सही कदम चाल्न सक्षम बनाउने उद्देश्य राखेको थियो।


