जनकपुर–जयनगर रेल्वेमा दुर्घटना : एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर–जयनगर रेल्वे लिकमा दुर्घटना: एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर : जनकपुर–जयनगर रेल्वेमा दुर्घटना हुँदा एकजनाले दुवै खुट्टा गुमाएका छन्। जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन्।

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए।

लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए। दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। रासस

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *