युरो विजेता मोराटा मिलानद्वारा अनुबन्ध

काठमाडौं । एसी मिलानले एट्लेटिको मड्रिडका स्पेनिस फरवार्ड अल्भारो मोराटालाई चार वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । सम्झौतामा १२ महिनाका थप गर्ने विकल्प राखिएको छ ।

सिरी ए टोलीले मोराटाको रिलिज क्लज ट्रिगर गरेको थियो– जुन कथित रूपमा १‍.१ करोड पाउन्ड थियो । ३१ वर्षीय कप्तानले यस महिनाको सुरुमा स्पेनलाई युरो २०२४ को उपाधि दिलाएका थिए।

मोराटाले व्यावसायिक डेब्यू भने रियल मड्रिडबाट गरेका थिए । उनले युभेन्टस र चेल्सीबाट पनि खेलिसकेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *