सर्लाहीबाट काठमाडौँ हिँडेको विंगर सिन्धुलीमा दुर्घटना, ११ जना घाइते –

सर्लाही : सर्लाहीबाट काठमाडौँ जाँदै गरेको हाइस (विंगर) सिन्धुलीमा दुर्घटनामा परेको छ।

आज दिउँसो पौने १२ बजेतिर सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्थित सुनकोशी-मरीन डाईभर्सन नजिक ०१३१ नम्बरको विंगर दुर्घटनामा ११ जना घाइते  भएका छन्। विंगर अनियन्रिरुत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ।

दुर्घटनामा परी विंगरका  चालक सरोज राउत गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। यात्रुमध्ये दुई जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

विंगर सर्लाहीको नयाँरोडबाट काठमाडौँका लागि बिहान छुटेको थियो।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ७ जना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *