काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श थालेका छन् । उनले शुक्रबार साँझ ६ बजे नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत संविधानविद्हरुलाई शीतल निवासमा बोलाएका छन् ।
शीतल निवास स्रोतका अनुसार बार अध्यक्ष घिमिरेलगायत संविधानविद्हरू वरिष्ठ अधिवक्ता सम्भु थापा, हरिहर दाहाल, विपिन अधिकारी, भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि शीतल निवास बोलाइएको छ ।
अब बन्ने प्रधानमन्त्री संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बन्ने कि ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको बन्ने भन्ने विवाद कायमै छ ।
यो पनि पढ्नुहोला
जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बने असंवैधानिक हुने तर्क गरेका छन् । उनले राष्ट्रपतिलाई समेत यो बताएका थिए ।