हरिपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु –

हरिपुर : सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट सडक किनारमा पैदल हिडिरहेका हरिपुर नगरपालिका-१, जानकीनगरका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो। पोखरेललाई गएराति (शनिबार) करिब ८ बजे ज.८ प. ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पताल हुँदै हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरमा थप उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्। मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *