कृषि विकास बैंकको ३४ करोड भ्रष्टाचार गर्ने सर्लाहीका केदार जब जेलमै लुटिए –
काठमाडौं : सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा-५ ।’ केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो…


