काठमाडौँ : आजदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको छ। जसका कारण आगामी केही दिन देशभर भारी वर्षा पर्ने सम्भावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर भारी वर्षा पर्ने
देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
साधारणतयादेखि पूर्णतया बदली रहने देशभरको वर्षा
बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा पर्ने सम्भावना देशभरमा
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधवार देशभरि देखा परेका बाढी, पहिरो र चट्याङका भिन्नभिन्न घटनामा परेर १४ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विपद्का ती घटनामा दुई जना बेपत्ता भएको र १० जना घाइते भएका छन्।
अधिकारीहरूले त्यस्ता विपद् निम्तिएका स्थानहरूमा खोजी, उद्धार तथा राहतका कार्यहरू भइरहेको जानकारी दिएका छन्।


