काठमाडौं । निद्राको कमी र फूड केविङको यस्तो समस्या ? जति खाए नि भोक लागेको लागेकै गर्नी ,भरपेट खाना खाएको केही समयमै कतिपय व्यक्तिलाई भोक लाग्ने समस्या हुन्छ।
यसले गर्दा छिनछिनमा धेरै खाना खाइन्छ, जसले मोटोपनलगायत अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्छ। पर्याप्त निद्रा नपुग्दा खानेकुराको असामान्य तलतल अर्थात् फूड केविङ निम्त्याउन सक्छ।
निद्र नपुग्दा कमि हुने हुँदा ग्रेह्लीन र लेप्टिन जस्ता हर्मोनमा बाधा पुग्छ, जसले भोकलाई असामान्य रूपमा बढाउँछ।
निद्राको कमी र फूड केविङको समस्या
समयमा नसुत्दा ग्रेह्लीन हर्मोनको उत्पादन बढाउँछ, जसले गर्दा छिनछिनमा भोक लाग्ने गर्छ।
यसले भोक बढाएर उच्च क्यालोरी र चिनीयुक्त खानेकुराको तलतल ल्याउँछ। अर्कोतर्फ, लेप्टिन हर्मोनलाई भोकलाई दबाउने हर्मोन भनिन्छ।
निद्राको कमीले लेप्टिनको स्तर घटाउँछ।जसका कारण मानिस सन्तुष्ट हुन सक्दैन र खाना खाएपछि पनि भोक लागिरहन्छ।
मस्तिष्कको असर
निद्राको कमीले मस्तिष्कको रिर्वाड सिस्टमलाई असर पार्छ, जसले थप स्वादिष्ट खानेकुरा खाने इच्छा बढाउँछ। उच्च क्यालोरी र मिठाई खान मन लाग्छ।
तनावको कारण शरीरमा उच्च कोर्टिसोलको कारण पनि धेरै खानेकुराको तलतल लाग्छ।
निद्रालाई सुधार्ने उपाय
पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका बनाउनुपर्छ। हरेक दिन एकै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुपर्छ।
सुत्नुअघि दिमाग शान्त गर्न मेडिटेसन गर्ने, तातो पानीले नुहाउने, हर्बल पेयपदार्थ समावेश गर्नुपर्छ। बत्ती निभाएर सुत्नुपर्छ ।
सुत्नुअघि मोबाइल प्रयोग नगर्नु उत्तम हुन्छ। हेभी खानेकुरा, क्याफिन र निकोटिनको सेवन गर्नुहुँदैन। दिउँसो सुत्नुपर्दा ३० मिनेटसम्म मात्र सुत्न सकिन्छ।


