बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स बिहीबार साँझ करिब साढे ६ बजे लागेको आगलागीबाट पूर्णरुपमा क्षति भएको छ। १२ वटा दमकलले ५ घन्टापछि आगो नियन्त्रणमा लिए पनि कम्प्लेक्सका सबै तलामा रहेका सामान जलेर नष्ट भएका छन्। प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरेको छ। आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो।

Read More
पैदलयात्री

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुर्घटना ; एकको मृत्यु, ८ जना घाइते

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ५:३० बजे यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस र पिक अप एक आपसमा ठोकिँदा कपिलवस्तु शिवराज नगरपालिकाका पिक अप चालक हिरालाल बढईको घटनास्थलमै मृत्यु भएको हो। ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो भने घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

Read More