सहकारी ठगी प्रकरण: संसदीय छानबिन समिति गठन कार्य स्थगित

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समिति गठन कार्य स्थगित

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्।

शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यादेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ। विषगत र बुँदागत रुपमा टुंग्याउन कांग्रेसले केही समय मागेको र एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ने आशा गरिएको छ। महेश बर्तौलाले बेलुकासम्म यसलाई टुंग्याउने प्रयास हुने बताएका छन्।

सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यादेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका सांसद शिशिर खनाल, नेपाली कांग्रेसका सांसद जीवन परियार र नेकपा एमालेका महेश बर्तौला सदस्यका रुपमा रहेका छन्।

कार्यादेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *