नेपाल प्रहरीले दुई अभियुक्तलाई अन्तर्राष्ट्रिय सहायतामा पक्राउ गरेको छ

सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएकोमा त्यसको करिब एक वर्षपछि उनी पक्राउ परेका हुन्। बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा र सन्तोषलाई साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रवक्ता कार्कीले बताए।

नेपाल प्रहरीले अपराध गरेर विदेश भागेका दुई अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहायतामा पक्राउ गरेको छ। ज्यानसम्बन्धी कसुर र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट्सबाट ल्याइएको हो।

लेटाङ र साइबर ब्युरोमा पक्राउ गरिएका अभियुक्तहरू

मोरङको लेटाङ नगरपालिका– ३ र नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका– १३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बू२३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरी ल्याएको हो। इन्टरपोलको सहायता र एनसिबी अबुधाबी युएईको समन्वयमा उनीहरूलाई पक्राउ गरी ल्याइएको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए।

पक्राउका पछि प्रक्रिया अघि बढाउँदै

पक्राउ परेकामध्ये लिम्बू ज्यानसम्बन्धी कसुर मुद्दामा फरार थिए। जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय लेटाङले प्रक्रिया अघि बढाएको थियो।

रेड नोटिस प्रक्रिया अनुसरण गर्दै

सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएकोमा त्यसको करिब एक वर्षपछि उनी पक्राउ परेका हुन्। बलबहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा र सन्तोषलाई साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रवक्ता कार्कीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *