डा. शेखर कोइरालाको स्पष्टोक्ति: ‘रवि लामिछानेको राजीनामा मागेका छैनौं’

शेखर कोइराला, रवि लामिछाने, नेपाली कांग्रेस, गृहमन्त्री, राजीनामा विवाद, वैदेशिक रोजगार एशोसिएशन, संसद्, छानविन समिति, CIB,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा आफूहरुले नमागेको दाबी गरेका छन्।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभामा सम्बोधन गर्दै कोइरालाले गृहमन्त्रीलाई सदनमा बोल्न नदिएको आरोपमा कुनै सत्यता नभएको बताए। उनले भने, ‘हामीले बोल्न नदिएको होइन, रवीजीलाई बोल्नुस् भनेका हौं।’

डा. कोइरालाले गृहमन्त्री लामिछानेलाई लागेका आरोपबारे स्पष्टिकरण दिन आग्रह गर्दै, ‘राजीनामा हामी भन्दैनौं। गृहमन्त्रालयमा बसेर सिआइबीले छानविन गर्न कठिन हुन्छ,’ भने।

उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको पुष्टि गर्न समिति बनाउन तयार हुनुपर्नेमा जोड दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *