गोडैता – सर्लाहीको बलरामा २१ बर्षिय युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राति बलरा नगरपालिका–४ जब्दीमा छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी घरमै मृत फेला परेकी हुन्।
मृतक देवीको घाँटीमा डाम देखिएको तथा घटना शंकास्पद रहेको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन्। साथै, घटना पश्चात मृतक देवीका श्रीमान र ससुरा फरार रहेकोले झनै घटना शंकास्पद रहेको बुझ्न सकिन्छ उनले भने।
घटना घट्नु भन्दा पहिले केहि दिन उनीहरुको घर परिवारमा विवाद रहेको स्थानीयहरू बताउँछन्। घटना अनुसन्धानका लागि मृतक देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिएको तथा घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


