भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भए पनि काम सुरु हुन साकेन
झापामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भए तापनि सदस्यहरूको नियुक्ति र कर्मचारी व्यवस्थापन पूरा नगरी काम सुरु गर्न नसकेको आयोगले जनाएको छ।
झापामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भए तापनि सदस्यहरूको नियुक्ति र कर्मचारी व्यवस्थापन पूरा नगरी काम सुरु गर्न नसकेको आयोगले जनाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसको प्रयोगलाई हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा महत्वपूर्ण ठान्दै आगामी फागुनमा हुने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को सफलताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। राष्ट्रियसभामा जसपा नेपालसँगको छलफल बाँकी रहेकाले सरकार पछि हटेको हो।
ढाकामा बुधबार राति प्रदर्शनकारीहरूले शेख मुजिबर रहमानको घरमा तोडफोड र आगजनी गरेका छन्। यसरी मच्चिएको हिंसासँगै शेख हसिनाले इतिहास मेट्न नसकिने चेतावनी दिएकी छन्।
धनगढीको नोभा हस्पिटलमा एक बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला परेका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ र शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। तीन दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको छ भने चाँदीको मूल्य पनि केही वृद्धि भएको छ।
सोलुखुम्बु जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर आयोजना अब अन्तिम चरणमा पुगेको छ। यो आयोजनाले आगामी भदौ महिनामा व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ।
काठमाडौंको कमलपोखरीस्थित मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र सबैको उपचार कीर्तिपुरस्थित वर्न अस्पतालमा भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई तोकिएको समयमै सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्यारापिट र फ्लडलाइट निर्माण प्रक्रियालाई तीव्रता दिइने बताइएको छ।
रौतहटमा सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुरज यादवको शव बुधबार बिहान फेला परेको छ। सुरक्षाकर्मी र स्थानीयको खोजी प्रयासपछि माछा मार्ने जाल प्रयोग गरी उनको शव निकालिएको हो।