प्राचीन मिथिला क्षेत्रमा पितृ तर्पण सुरु
महोत्तरी : महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज असोज कृष्ण प्रतिपदासँगै पितृ तर्पण सुरु भएको छ । असोज कृष्ण पक्षमा दिवङ्गत परिवारजनको सम्झना गरिँदै हिन्दू मैथिल परम्पराअनुसार दिइने तर्पण आज सुरु भएको हो । पितृपक्ष भनिने असोज कृष्णपक्षमा पितृ श्राद्ध र तर्पणअघि मैथिलहरुले भदौ पूर्णिमाका दिन आइतबार घरका कुलदेवता, ग्रामदेवता र देवर्षिहरुलाई आह्वान गर्दै देव तर्पण…


