गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने दुई जनालाई चार वर्ष कैद
काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो । न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र…


