दशैं, तिहार लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन हुने
दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै सरकार भदौ अन्तिम साताबाट सुपथ मूल्य पसल सञ्चालनको तयारीमा जुटेको छ। यसमार्फत उपभोक्तालाई नुन, चिनी, घ्यू, चामल, खसीबोका लगायत सामग्रीमा छुट दिइनेछ।


