पहिरोले मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध
भारी वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित तुर्तुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
भारी वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित तुर्तुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
लालबन्दी : निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी,…
पछिल्लो समय एउटा गीत निकै चर्चित छ-राई माइलाले गाउँ छाड्यो रे। गीतको धुन, परिवेश, र संगीत मात्र होइन, यसमा उनिएका यथार्थ शब्दले धेरैको मन छोएको छ। झट्ट हेर्दा कालीप्रसाद बास्कोटाको संगीत र श्रवण मुकारुङको शब्दले सुसज्जित यो गीत अहिले मात्र बजेको सुनिन्छ तर यो गीतको सुस्केरा समयले पहिल्यैदेखि बजाउँदै आएको प्रस्ट छ। यो गीत मात्र…
लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–६ अक्करे भीर र फिक्कल गाउँपालिका–२ सुम्नाम बेंशीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।…
वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दहीखोला र कालिखोलाको बीचको गगने खोला दैलेख खण्डकै पादुका लगाएका ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख…
नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ। एमालेले बैठक आइतबार बिहान १० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बोलाइएको हो। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ। भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएकाे छ। नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता…
लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ। हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो। लालबन्दी र हरिवन…
असार २२ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । निर्वाचनको मिति पनि नतोकेको हुनाले निर्वाचन अनिश्चित भएको छ।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको थियो। प्रकाशित: २१ असार २०८१ २१:३० शुक्रबार
सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु भएको छ। विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।शुक्रबार बसेको जसपाको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। त्यसै गरी सरकारमा रहेका जसपाका मन्त्रीहरूले शुक्रबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका छन्। जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन्। प्रकाशित: २१ असार २०८१ २०:१० शुक्रबार