गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…


