काठमाडौं । पछिल्लो समय संगीतको क्षेत्रमा नयाँ र रोचक कामहरू भइरहेका छन्, जसले श्रोता र दर्शकहरूलाई नयाँ अनुभव दिलाइरहेको छ। हालै सार्वजनिक भएको नयाँ म्यूजिक भिडियो ‘मायाले रुवाउँछ’ ले पनि संगीत प्रेमीहरूलाई आकर्षित गरेको छ। लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा नयाँ नेपाली दुखान्त प्रेम गीत ‘मायाले रुवाउँछ’ सार्वजनिक भएको छ।
Samip Niraula अफिसियल युट्युब च्यानल मार्फत फेब्रुअरी १, २०२५ मा रिलिज गरिएको यो गीतले प्रेम, विछोड र भावनात्मक पीडालाई मन छुने शैलीमा प्रस्तुत गरेको छ।गीतमा समीप निरौलाको मार्मिक शब्द र कार्की जी( सुवास कार्की )को सुगन्धित संगीत रहेको छ भने पुष्कर खत्रीले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका हुन् भने रेकर्डिङ अलङ्कार स्टुडियोमा गरिएको हो।
गीतको म्युजिक भिडियो मदन थापाको निर्देशनमा तयार पारिएको छ भने समीप निरौला, गीता बिष्ट र सम्रान्त थापाको दमदार अभिनय रहेको छ। भिडियोको कथा तथा पटकथा स्वयं समिप निरौलाले लेखेका हुन् भने निर्माता श्रीकृष्ण निरौला रहेका छन्। छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन डिन्सन शाहले गरेका छन।
पोस्ट-प्रोडक्सन कार्य आई क्याच स्टुडियोमा सम्पन्न भएको छ।प्रेमको पीडा दर्शाउने यो गीत रिलिज भएको केही दिनमै ६४,१७४ भन्दा बढी भ्यूज बटुल्न सफल भएको छ, जसले दर्शक तथा श्रोताहरूको अपार माया पाइरहेको प्रमाणित गर्छ। यदि तपाईंले अझै यो गीत हेर्नु भएको छैन भने समीप निरौला अफिसियल युट्युब च्यानलमा गएर अवश्य अवलोकन गर्नुहोस् र आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस्!


