कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुर्घटना भएको छ ।कपिलवस्तु ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा एक आपसमा ठोकिँएका थिए। घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए ।
ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुर्घटना ; एकको मृत्यु, ८ जना घाइते ।
यो पनि पढ्नुहोस : बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ


