शेरबहादुर देउवाको समूह र उपसभापतिले विशेष चर्चा : कांग्रेस नेतृत्वको नयाँ अध्याय

शेरबहादुर देउवाको समूह र उपसभापतिले विशेष चर्चा

शेरबहादुर देउवाको समूह र काग्रेसका दुई खेमामध्ये तुलनात्मक रुपमा संस्थापन पक्ष एकताबद्ध छ । विगतमा लामो समय कोइराला पक्षको छायामा परेको हालको संस्थापन पक्षलाई सभापति देउवाले एकढिक्का बनाइराखेका छन् । पत्नी आरजु राणासँग विमति राख्ने व्यक्तिहरुलाई समेत उनले टाढा जान दिएका छैनन् । दोस्रोपटक सभापति बनिसकेका देउवाका लागि अब सोही पदमा रहन विधानले दिंदैन । १५ औं महाधिवेशनबाट देउवाले पद त्याग्नुपर्दछ । १३औं भन्दा १४ औं महाधिवेशनबाट देउवा थप शक्तिशाली बनेका थिए । अहिले कांग्रेसभित्र उठ्दै गरेको प्रश्न हो, केन्द्रीय समितिमा ८२ प्रतिशतको शक्ति रहेको संस्थापन पक्षलाई एकतावद्द अघि बढाउन सक्ने क्षमता देउवा जतिकै अर्को को होला ?

एक उच्च तहका नेताको बुझाइमा देउवा समूहमा नेताको खोजी सुरु भएको छ, जुन खोजीले परम्परागत कोइराला-देउवा गुटको अघोषित संरचना समेत भत्काउने छ । ‘शेरबहादुर दाइसँग निकट नेताहरु यति बेला आफू नेता हुन्छु भनिरहनुभएको छैन, दोस्रो पुस्ताको कोही व्यक्तिलाई अघि सार्न चाहिराख्नुभएको छ,’ ती नेताले भने, ‘यो खोजी कांग्रेसको आन्तरिक जीवनका लागि रोचक छ ।’ पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग भिड्दै छुट्टै समूहको अस्तित्व कायम गर्न सफल भएका देउवा १५औं महाधिवेशनमा प्रतिस्पर्धी नहुने पक्कापक्कीसँगै यो छटपटी सुषुप्त रुपमा प्रकट हुन थालेको हो ।

खासगरी देउवा समूहभित्र राजनीतिक करिअर बाँकी नै रहेका नेताहरुले नयाँ पुस्तासँग जोडिएर भए पनि आफूलाई मजबुत राखिराख्न खोजेका छन् । कांग्रेसमा नियमित समयमा महाधिवेशन हुने हो भने २०८२ मंसिरबाट नयाँ नेतृत्व आउनुपर्ने हुन्छ । देउवाको कार्यकाल दुई वर्ष पनि बाँकी नरहँदा त्यसपछि उनको समूह हाँक्ने पात्रका बारेमा कांग्रेसमा चर्चा सुरु भएको छ । कांग्रेसका नेताहरुका अनुसार देउवाले समूहको नेतृत्व लिने गरी अघि बढाउने व्यक्तिको निर्णयमा सभापति पुगिसकेका छैनन् । आफ्नो अनुकूल हुने गरी प्रतिबद्धता गर्ने व्यक्तिलाई नै उनले अघि सार्नेछन् ।शेरबहादुर देउवाको समूह र

देउवाले समूहको नेता हुने गरी भित्र्याउन सक्ने व्यक्तिमा संस्थापनइतरका नेता डा.शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाको चर्चा छ । विगतमा देउवा समूहका भनी चिनिएका नेताहरू १५औं महाधिवेशनमा नयाँ रणनीति र समूहसहित उदाउन सक्छन्, अनि नयाँ नेताहरु समूहमा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ । ‘कुनै नेतालाई हाम्रो समूहको नेता ‘तिमी हौ’ भनी देउवाले भनिसकेको अवस्था भने छैन । संस्थापन पक्षका शीर्ष तहका नेता भन्छन्, ‘मेरो समर्थनमा सभापति बन्न आउनेले मैले भनेको कुरा मान्छ कि मान्दैन । मेरो कुरा बोलिदिन्छ कि बोलिदिन्नन भन्ने देउवामा देखिन्छ ।’

संस्थापन समूहमा देउवा सर्वस्वीकार्य भएपनि दोस्रो र तेस्रो तहमा एकले अर्कालाई समर्थन गर्न नेताहरु तयार छैनन् । देउवा समूहभित्रका नेताहरुका पनि आ आफ्नो उप समूहहरु छन् । आन्तरिक पार्टी तथा बाहिरी संवादमा देउवाले विश्वास गरेका पात्र उपसभापति पूर्णबहादुर खड्का हुन् । पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका खड्कालाई विश्वास गरेर नै देउवाले गठबन्धन फर्काउन खटाए । पछिल्लो समय गठबन्धन टुट्न नदिन कांग्रेस प्रयासरत रहँदा प्रचण्डसँग संवादमा उनै रहे ।

कांग्रेस विभाजनको बेला पनि खडकाले देउवालाई साथ दिए । समूहको राजनीति हाबी हुने कांग्रेसमा खड्काले आफ्ना समर्थक कार्यकर्ताहरु बनाउन नसकेको उनको कमजोरीका रुपमा चित्रित गरिन्छ । उनका लागि आफ्नै समूहभित्रैबाट विश्वास नभएको नेताहरु बताउँछन् ।

उपसभापति खड्काले सभापति देउवा पत्नि आरजुको विश्वास जित्न नसकेकाले उनी उनका लागि असहज हुने टिप्पणी गरिन्छ । महाधिवेशन आउन धेरै समय बाँकी भएकाले समूहको स्विकार्य नेता अहिले नै छुट्याउन हतार हुने केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् । महाधिवेशन नजिक हुने समीकरणको आधारमा समूहमा स्वीकार्य व्यक्तिको जानकारी हुने महरको भनाइ छ ।

‘कुन व्यक्तिलाई स्विकार गर्ने /नगर्ने नेताहरुको व्यक्तिगत रुचिमा पनि भर पर्दछ । समूह भित्र पनि यस बारेमा छलफल भएको छैन । सभापतिले पनि यस बारेमा अहिलेसम्म केही भन्नुभएको छैन,’ महरले भने,‘हाल विद्यमान समीकरण १५ औं महाधिवेशन अघि भत्किन सक्ने भएकाले अहिले समूहको नेता को भन्न हतार हुन्छ ।’

कांग्रेस नेताहरुका अनुुसार देउवाका लागि सबैभन्दा विश्वास भएका र सजिलो व्यक्ति पार्टी प्रवक्ता डा. प्रकाशशरण महत हुन् । कार्यसम्पादन समितिका एक सदस्य भन्छन्,‘देउवाले अघि बढाउन खोज्ने प्रकाशशरणलाई हो । उनले समूहको नेतृत्व गर्न सक्छन् भन्नेमा स्वयं देउवालाई विश्वास छैन ।’ खड्का र प्रकाशरणकै सम्बन्ध समधुर नभएको ती नेता बताउँछन् ।

देउवा समूहमा रहेर तल्लो संरचनासम्म समानान्तर आफ्नो खेमा खडा गर्नेमा पूर्वमन्त्री बालकृष्ण खाँण थिए । देउवापछि उक्त समूहभित्र पार्टी संरचनामा बल खाँणलाई थियो । तरुण दल र नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका खाँणले तल्लो तहसम्म आफ्ना नेता कार्यकर्ता बनाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेसँगै उनको राजनीतिक जीवन धरापमा परेको छ । हाल बाहिर रहेका खाँण पार्टी राजनीतिमा सक्रिय हुने अवस्था रहे उपसभापति खड्कासँग उनको महाधिवशेनमा सहकार्य हुने विश्लेषण कांग्रेसमा हुन्छ । त्यसो त, खाँणसँग संस्थापनइतरका नेता डा.शेखर कोइरालाको निकटता पनि पछिल्लो समय बढेको छ ,शेरबहादुर देउवाको समूह र कांग्रेसका नेताहरुका अनुसार समूहको नेता बनाउँदै गर्दा देउवाले आफ्नो समूहको क्षमता बढाउन सक्ने र सभापतिमा जित्ने व्यक्ति खोजिरहेका छन् । सिंह र निधिको शक्ति भने पार्टीभित्र कमजोर हुँदै गएको छ । सिंहको पकड रहेको भनिएको काठमाडौंको पार्टी संरचनामा समेत उनको शक्तिमा क्षयीकरण भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *