सर्लाहीमा मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु, छोरा गम्भीर अवस्थामा

धनुषास्थित बस दुर्घटनामा १५ घाइते , बसमा सवार घाइतेहरूको नामावली

सर्लाहीमा छोराले चलाएको मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु भएको छ।

जिल्लाको बागमती नगरपालिका-१, मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाराको कोल्हबी नगरपालिका-१, का ६५ वर्षीय निलबहादुर प्रसाईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवन जानकारी दिएको छ। मंगलबार ३६ वर्षीय छोरा राजुले चलाएको बा. ९१ प. ९३६२ नम्बर मोटरसाइकल अनियन्त्रित भइ राजमार्गमा दुर्घटना हुँदा निलबहादुर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका एल.एस. न्यूरो अस्पताल कलैयामा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *