चितवन, इच्छाकामना गाउँपालिका-५ मा नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पुल निर्माणका लागि पहाड काट्ने क्रममा एक्स्काभेटरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। बिहान ९:१० बजेको समयमा निर्माणमा खटिएको बा २ क ८६५१ नम्बरको एक्स्काभेटर पुरिएको थियो।
घटना लगत्तै पुगेको प्रहरीले चालक बर्दिया गेडुवा गाउँपालिका-४ का ३८ वर्षीय मंगल चौधरीलाई उपचारका लागि भरतपुर ल्याएको थियो। तर, १०:२२ बजेको समयमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन्, चितवन प्रहरीले जनाएको छ।
सोही स्थानमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ।
ट्यागहरू: चितवन, नारायणगढ-मुग्लिन सडकखण्ड, पहिरो, एक्स्काभेटर दुर्घटना, मृत्यु, पुल निर्माण, ट्रक क्षति


