जनकपुर । गगन थापा धनुषा प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको घटनाजस्तै अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गरेका छन्। बुधबार धनुषामा आयोजित पार्टीको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले राज्य र नागरिकबीचको सम्बन्ध विश्वासमा आधारित हुनुपर्नेमा जोड दिए। उनले हिंसात्मक गतिविधिलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउन नदिने स्पष्ट सन्देश दिएका छन्।
गगन थापा धनुषा प्रतिज्ञा सभामा उनले २३ भदौको जस्तै सुशासनको नारा लगाउँदैमा कुनै पनि नागरिकले राज्यको गोलीबाट ज्यान गुमाउन नपर्ने प्रतिज्ञा पनि गरे। उनले कानूनको शासन र नागरिकको जीवनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताए। यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने भएकाले पार्टीले जिम्मेवार शासन प्रणाली स्थापना गर्ने लक्ष्य लिएको उनको भनाइ थियो।
गगन थापा धनुषा प्रतिज्ञा सभामा उनले जेनजी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको जानकारी गराए। युवाको असन्तुष्टि, रोजगारी र अवसरको खोजीलाई राजनीतिक नीतिमा समेट्ने प्रतिवद्धता व्यक्त गर्दै उनले परिवर्तनको चाहनालाई सकारात्मक दिशामा लैजानुपर्ने बताए। युवाको आवाजलाई बेवास्ता गरे राजनीति सफल हुन नसक्ने उनको धारणा थियो।
गगन थापा धनुषा प्रतिज्ञा सभामा उनले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरूको समाधान गर्ने प्रतिज्ञा गरे। संघीयता व्यवहारमा कमजोर बनेको स्वीकार गर्दै उनले अधिकार, स्रोत र सेवाको वितरणलाई प्रभावकारी बनाइने बताए। मधेसका मुद्दालाई प्राथमिकतामा राखेर नीति निर्माण गरिने पनि उनले स्पष्ट पारे।
गगन थापा धनुषा प्रतिज्ञा सभामा उनले मधेशकै छोराले पढाएका व्यक्तिहरू विगतमा शक्ति केन्द्रमा पुगे पनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गरे। त्यसको सुधारका लागि आफू मधेस झरेको दाबी गर्दै उनले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल गरे। मधेसको विकास बिना देशको समग्र प्रगति सम्भव नहुने उनको निष्कर्ष थियो।