प्रधानमन्त्री ओलीको दाबी : अर्थतन्त्रमा स्पष्ट सुधार, राजस्व र पुँजीगत खर्चमा उल्लेख्य वृद्धि

प्रधानमन्त्री ओलीको दाबी : अर्थतन्त्रमा स्पष्ट सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मुलुकको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको ठोकुवा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत गत वर्षको तुलनामा यस वर्ष राजस्व , पुँजीगत खर्च र आर्थिक वृद्धिदर सबै क्षेत्रमा सुधार देखिएको उल्लेख गरेका छन्।

ओलीका अनुसार चालु आर्थिक वर्षको असार २६ गतेसम्म नेपाल सरकारले १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १ खर्ब ८ अर्बले बढी हो, जुन सरकारी आम्दानी बढेको स्पष्ट संकेत हो।

उनले पुँजीगत खर्च पनि अघिल्लो वर्षभन्दा ३६ अर्बले बढी भएको उल्लेख गरे। पुँजीगत खर्च विकास निर्माणका लागि महत्वपूर्ण हुने भएकाले यो सकारात्मक सूचक हो। सरकारी लगानी प्रभावकारी भएको संकेत उनले दिएका छन्।

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धिदर पनि गत वर्षको तुलनामा बढेको जानकारी दिए। अघिल्लो वर्ष ३.८७ प्रतिशत रहेको वृद्धिदर अहिले ४.६१ प्रतिशतमा पुगेको भन्दै अर्थतन्त्रको आकार पनि ४ खर्बले बढेर ६१ खर्ब पुगेको दाबी गरे।

ओलीले आफ्नो सरकार गठन भएको एक वर्षको अवधिमा अर्थतन्त्रमा देखिएको सुधारलाई सरकारको उपलब्धि भनेर व्याख्या गरेका छन्। उनले तथ्यांकसहित प्रगति प्रस्तुत गर्दै सरकारको नीतिगत निर्णयले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको दाबी गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *