खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी, एक घर पूर्णरुपमा नष्ट

फागुन ४ : खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ। पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ सुरु भएको आगो तीव्र रूपमा फैलिँदै गएको छ।

आगलागीका कारण पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य दुई घरमा पनि क्षति पुगेको छ। स्थानीय पदम कार्कीका अनुसार, राईको घरसँगै रहेको निर्धन उत्थान लघुवित्तको कार्यालयसमेत जलेको छ।आगोले नजिकैका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटललाई पनि प्रभाव पारिरहेको छ।

आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी तथा स्थानीयबासी निरन्तर प्रयासरत छन्। साथै, जिल्लाबाट तीनवटै सुरक्षा निकाय परिचालित भएका छन्। हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईलगायतका जनप्रतिनिधिहरू आगलागी स्थलमा पुगेका छन्।

आगो थप फैलिन नदिन पानीका ट्यांकर, जेसिबीलगायतका साधनहरू परिचालन गरिएको छ। स्थानीयका अनुसार, आगो नियन्त्रणमा लिने प्रयास तीव्र पारिएको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *