जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार
तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।
तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।
काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा नेपाली सेनाले २१ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भाटभटेनी, होटल हायात, बौद्ध र राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको बताइएको छ।
काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ,…
काठमाडौँ । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी…
वीरगञ्ज । जेनजी पुस्ताले सोमबार देशभर सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै छन् । यसैबिच युवाहरूले मधेस प्रदेशको वीरगन्जमा पनि प्रदर्शन गरेका छन् । उनीहरूले भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शन गरेको बताएका छन् ।
सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो । सूचना अधिकारी पासवानले…
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका…
महोत्तरी : महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज असोज कृष्ण प्रतिपदासँगै पितृ तर्पण सुरु भएको छ । असोज कृष्ण पक्षमा दिवङ्गत परिवारजनको सम्झना गरिँदै हिन्दू मैथिल परम्पराअनुसार दिइने तर्पण आज सुरु भएको हो । पितृपक्ष भनिने असोज कृष्णपक्षमा पितृ श्राद्ध र तर्पणअघि मैथिलहरुले भदौ पूर्णिमाका दिन आइतबार घरका कुलदेवता, ग्रामदेवता र देवर्षिहरुलाई आह्वान गर्दै देव तर्पण…
लालबन्दी : जेनजी पुस्ताले गरेको पदर्शनमा सरकारी दमनका कारण हालम्म १६ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी तथा सेनाको गोली लागेर काठमाडौँमा सडकमा युवाहरू रक्ताम्य भएर ढलेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो । यो आँकडा…
लालबन्दी । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध चर्केको जेनजी आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ । आन्दोलन हिंसात्मक बन्न थालेपछि सरकारले दमन गर्दा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । यद्यपि दुवै जना मृतकको नाम खुल्न सकेको छैन् । एक जनाको सिभिल अस्पताल र अर्काको ट्रमा सेन्टरमा मृत्यु भएको बुझिएको छ ।…