लालबन्दी : भारतका विभिन्न स्थानमा पुगेर संकटमा परेका १६ जना नेपाली बालबालिकाको सफल उद्धार गरिएको छ। भारतीय प्रहरी र ‘कीन इन्डिया’ संस्थाको सहयोगमा उद्धार गरिएका ती बालबालिकालाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको हो। उद्धार कार्यमा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
आवाज बिहिनहरुको आवाज


