गुण्डुको कार्यक्रममा सहभागी हुँदै ओली, उनको सम्बोधनमा चासो

फाइल तस्वीर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्।
  • ओलीले एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रम सम्बोधन गर्नेछन्।
  • जेनजी युवा आन्दोलनपछि ओलीमाथि पक्राउ र सम्पत्ति शुद्धीकरण अनुसन्धानको दबाब छ र उनलाई काठमाडौं उपत्यकाबाहिर जान रोक लगाइएको छ।

२३ असोज,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा सहभागी हुँदैछन्।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन समेत गर्ने बताइएको छ । कार्यक्रममा महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी हुँदैछन् ।

जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा ओलीलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा उजुरी समेत दिएका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नसमेत युवाहरुले दबाब दिँदै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।

यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

जेनजी युवा आन्दोलनपछि ओलीले पार्टीको नेतृत्व छोड्नुपर्ने बहस हुँदै आए पनि उनले त्यसलाई इन्कार गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *