अपडेट : हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

हरिपुर्वा : सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।

मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

बुधवार बिहान करिब ९:२० बजे उनीहरु माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। तर अस्पतालले पौने ११ बजे चारैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता तथा इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब अढाई किलोमिटर पूर्व पर्छ। थप अनुसन्धानका लागि सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *