आन्दोलनबाट प्रभावित उद्योगलाई गाडी खरीद गर्न लिइने ऋणको सीमा बढाइयो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल राष्ट्र बैंकले गाडी खरीदमा लिइने ऋणको सीमा ६० प्रतिशतबाट ८० प्रतिशतसम्म बढाएको छ।
  • यो नयाँ व्यवस्था जेन जी आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायमा प्रयोग हुने सवारी साधनका लागि लागू गरिएको छ।
  • नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन २०८१ मा संशोधन गरेको छ।

१० असोज, काठमाडौं। नेपाल राष्ट्र बैंकले गाडी खरीद गर्दा लिइने ऋणको सीमा बढाएको छ।

अहिले बैंक तथा वित्तीय संस्थाबाट सवारी साधन खरीद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनको ऋण मूल्यको अनुपात ६० प्रतिशत रहेको छ।

अब जेन जी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरीको एकीकृत निर्देशन २०८१ मा संंशोधन गर्दै यो व्यवस्था गरेको जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *