सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

मलंगवा : सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

सदरमुकाम मलंगवा नगरपालिका-६ सुखैनिया निवासी छोटेलाल पासवानकी पाँच वर्षीया छोरी आरुहीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

बालिका खेल्नेक्रममा पोखरीमा डुब्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *