बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

बारा : बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो।

बा ९० प ६७९४ नम्बर को मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए।

दुर्घटनामा घाइते हुने भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले छ।

तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *