स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

१६ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ उनको तर्क छ

कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भाबी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने उनको भनाइ छ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको उनले बताए ।

‘हामी स्वस्थ रहने हो भने, एक छाकमात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गरौं । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भाबी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ,’ उनले भने ।

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *