ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई गम्भीर घाइते
सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक एक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक एक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल रू ७० अनुदान घटाएर रू ३५ मात्र दिने निर्णय गरेपछि किसान आक्रोशित भएका छन्। उनीहरूले यस्तो आधा अनुदान अस्वीकार्य भन्दै खेतीमै विछोडको चेतावनी दिएका छन्।
हुवावेले एप्पललाई पछि पार्दै चीनको मोबाइल बजारमा पहिलो स्थान पुनः प्राप्त गरेको छ। १८.१% बजार हिस्साका साथ, कम्पनीले १ करोड २५ लाख सेट बिक्री गरेको छ।
युएई सरकारले ईद अल–अदाहको अवसरमा विभिन्न कसुरमा जेलमा रहेका १२० नेपाली नागरिकलाई आममाफी दिएको छ। अबुधाबीस्थित नेपाली दूतावासले युएई सरकारलाई धन्यवाद व्यक्त गरेको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाहित छोरीले पनि समान अंश पाउने फैसला सुनाएको छ । विवाहित छोरीले के कस्तो अवस्थामा अंश पाउने र के कस्तो अवस्थामा पैतृक सम्पत्तिबाट अंश नपाउने भन्ने विवादमा सर्वोच्चले मंगलबार फैसला सुनाएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।