लालबन्दी । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा काठमाडौँबाट आइतबार पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार, झालाई अदालतको पुर्जी जारी भएको झण्डै तीन महिनापछि पक्राउ गरिएको हो। चैत २५ मा अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो।
राजेश झा २०७७ साल फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। हाल उनीमाथि लागेको गम्भीर अभियोगको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


