मनसुन सक्रिय : पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

मनसुन सक्रिय : पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

१५ असार, काठमाडौं — देशमा मनसुन सक्रिय भएसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, र सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा असार १६ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भएकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षासँगै बाढी, डुबान र पहिरोको जोखिम रहने भएकाले नदी, खोलानाला आसपास नजान, सुरक्षित स्थानमा बस्न र पूर्वतयारी गर्न समेत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुझाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी प्युठानको स्याउलीबाङमा १२०.२ मिलिमिटर मापन गरिएको छ।

सिन्धुपाल्चोकको गोब्रे स्टेशनमा १०२.६ र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्नु अघि मौसमको अद्यावधिक जानकारी लिन समेत आग्रह गरिएको छ

मनसुन सक्रिय
मनसुन सक्रिय
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *