ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न

ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं, असार १ – शाह स्टुडियो एण्ड कम्पनीको आयोजना र व्यवस्थापनमा भएको ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न अन्तर्गतको पहिलो अडिसन भव्य रूपमा सम्पन्न भएको छ।

राजधानीको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित अडिसनमा करिब ६० प्रतिस्पर्धीले भाग लिएका थिए। यस चरणबाट छानिएका प्रतिस्पर्धीहरूले आगामी राउन्डका लागि तयारी गर्दै ब्राइडल डिजाइनरको पहिरनमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।

कार्यक्रममा आयोजक संस्था शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्धक निर्देशक मोनु शाहले अडिसन सफल भएको जानकारी दिँदै दोस्रो अडिसनको तयारीसमेत सुरु भइसकेको बताए। उनका अनुसार दोस्रो अडिसन आगामी असार ७ गते पुनः लिसारा रिसेप्सनमै हुने छ र इच्छुक प्रतिस्पर्धीहरूका लागि आवेदन फारम खुला भइसकेको छ।

नेपाली फेसन र ब्राइडल इन्डस्ट्रीमा नयाँ प्रतिभा र डिजाइन देखाउने महत्वपूर्ण प्लेटफर्मका रूपमा यो रनवे प्रतिस्पर्धा स्थापित हुँदै गएको छ।

ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न
ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *