संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।

बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। बैठक अर्थ समितिको बैठक कक्षमा हुनेछ।

त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ का सम्बन्धमा पानीजहाज कार्यालयका पदाधिकारीसँग छलफल हुने कार्यसूची रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *