भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

काठमाडौं, फागुन १७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपुर्जा वितरण गर्ने सरकारको तयारी रहेको बताएका छन्।

सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी, सदस्यहरू र सहकारी अभियन्ताहरूसँगको भेटघाटमा उनले भूमिहीन दलित, सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने सरकारको योजना रहेको स्पष्ट पारे।

मन्त्री अधिकारीका अनुसार भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउँदै लालपुर्जा वितरणको कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध छ। कानुनी बाधा हटाउन सरकार आवश्यक परे अध्यादेश ल्याएरै समाधान खोज्ने तयारीमा रहेको उनले उल्लेख गरे।

लालपुर्जा नपाएका भूमिहीनहरूलाई छिटो वितरण गर्ने तथा अन्य प्रक्रियाहरूलाई सरल र द्रुत बनाउने दिशामा सरकार अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *