गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

माघ २८, काठमाडौं – गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन शिक्षा ऐन चाँडै लागू हुने बताउनुभएको छ। सोमबार धनगढीमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उहाँले निजी, संस्थागत, र आवासीय विद्यालयहरूको सुरक्षा सरकारको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो।

गृहमन्त्री लेखकले निजी विद्यालयको लगानी सुरक्षित रहने आश्वासन दिँदै भने, “तपाईंहरूको लगानी खेर जान दिइन्न, तर सुधार आवश्यक छ। सुधार नभए सरकार हस्तक्षेप गर्छ।” उहाँका अनुसार, शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै नेपालका जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध छ।

उहाँले सामुदायिक विद्यालयलाई राम्रो बनाउनु सरकारको दायित्व भएको उल्लेख गर्दै निजी विद्यालयकै कारण सामुदायिक विद्यालय कमजोर भएको भ्रम चिर्नु पर्ने बताउनुभयो। प्रतिस्पर्धा गराउनु भन्दा निजी र सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको उहाँको धारणा थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *